
उनान्नब्बे फरार आरोपी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चार दिनमा ८९ फरार आरोपी पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१ पुरुष र आठ महिला रहेका छन् ।
कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार यही भदौ ८ देखि ११ गतेसम्म सञ्चालन गरिएको फरार व्यक्ति पक्राउ अप्रेसनका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा चोरी, लागुऔषध, बहुविवाह, वन पैदावर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्धविच्छेद, सवारी अङ्गभङ्ग, सवारी ज्यानलगायतका मुद्दाका व्यक्ति रहेको उनले जानकारी दिउ ।
उनीहरुलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइएको उहाँले बताए । पक्राउ परेका उनीहरुबाट तीन वर्ष एक महिना पाँच दिन कैद तथा रु १३ लाख ७० हजार १२३ जरिवाना असुली गरिएको छ ।
रासस
राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ