शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा इस्लामिक स्टेटका ‘योजनाकार’ ड्रोन हमलामा मारिएको अमेरिकाको दाबी

शनिबार, १२ भदौ २०७८, ०८ : ०९
शनिबार, १२ भदौ २०७८

अमेरिकाले पूर्वी अफगानिस्तानमा इस्लामिक स्टेटका एक ‘योजनाकार’ विरुद्ध ड्रोन हमला गरेको जनाएको छ । राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको बम आक्रमणमा १७७ जना मानिस र १३ अमेरिकी सैनिक मारिएको दोस्रो दिन सो हमला गरिएको अमेरिकाको भनाइ छ । बिहीबार भएको हमलाको जिम्मा खोरसान प्रान्तको इस्लामिक स्टेट आईएसआईएस–केले जिम्मा लिएको थियो । 

‘हामीले लक्ष्यलाई मारेको प्रारम्भिक सङ्केत प्राप्त गरेका छौँ । हमला सर्वसाधारणलाई कुनै क्षति भएको छैन,’ शुक्रबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले जनाएको छ । विमानस्थलमा भएको बम आक्रमणपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले घटनाका दोषीलाई खोजेर बदला लिने बताएका थिए ।

यता, बम आक्रमणका बाबजुद अमेरिकाले उद्धार कार्यलाई निरन्तरता दिएको छ । बम आक्रमणमा थुप्रै हताहत भए पनि विमानस्थलबाहिर फेरि पहिलेजस्तै भीड लागेको छ ।

यता, काबुलस्थित अमेरिकी दूतावासले हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलमा अझै सुरक्षा खतरा रहेको बताउँदै आफ्ना नागरिकहरूलाई सुरक्षित रहन आग्रह गरेको छ । त्यस्तै, पेन्टागनले पनि विमानस्थलको खतरा अझै टरिनसकेको बताएको छ ।

अलजजिरा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप