मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

कोरोना निको हुने दर ९३ प्रतिशत

शनिबार, १२ भदौ २०७८, ०६ : ५७
शनिबार, १२ भदौ २०७८

विगत २४ घण्टामा देशभर थप दुई  हजार ६५ जना  व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

यो सहित नेपालमा कुल सङ्क्रमितको सङ्ख्या आठ लाख ३८ हजार ९४८ पुगेको छ । तीमध्ये  पीसीआर परीक्षणबाट सात लाख ५६ हजार ४९२ र एन्टिजेन परीक्षणबाट ८२ हजार ४५६ सङ्क्रमित थपिएका छन् । 

गत २४ घण्टामा थप दुई हजार ३३७ जना सङ्क्रमित  निको भएका  छन् । यो सहित नेपालमा निको हुनेको सङ्ख्या  सात  लाख आठ  हजार २३० पुगेको छ ।  

यस्तै निको हुने दर ९३ दशमलव ६ रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार शुक्रबार थप २५  जना सङ्क्रमितको मृत्यु भएको छ । यो सहित नेपालमा  कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार  ६६३ पुगेको छ । यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार आठ  हजार ७५२ जनाको पीसीआर तथा चार हजार ३६५  जनाको एन्टिजेन विधिबाट  कुल  १३  हजार ११७  जनाको नमुना परीक्षण  भएको छ ।  

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप