बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

नेप्सेको निमित्त सीईओको जिम्मेवारी निरन्जन फुयाललाई

शनिबार, १२ भदौ २०७८, ०६ : ४९
शनिबार, १२ भदौ २०७८

नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) को निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी निरन्जन फुयालले पाएका छन् । 

सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरणको अनुसन्धान प्रक्रियामा सहयोग पुर्‍याउन भन्दै तत्कालिन प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले गत भदौ ८ गते राजीनामा दिएसँगै नेप्सेको सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि फुयाललाई निमित्त सीईओको जिम्मेवारी दिएको हो ।

नियमित कार्य सुचारु राख्नका निम्ति नेप्सेका उच्च तहमा रहेका फुयाललाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको नेप्सेले बताएको छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप