मुख्य प्रशिक्षक ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने
नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले ओमान सिरिजपछि राजीनामा दिने भएका छन् । नेपाल क्रिकेट सङ्घ क्यानलाई इमेल पठाउँदै उनले आसन्न नेपाल, ओमान र अमेरिकाबीचको विश्वकप लिग दुईको त्रिकोणात्मक क्रिकेट सिरिजपछि नेपाली टोलीबाट बाहिरिने जानकारी दिएका हुन् ।
ह्वाटमोरले पारिवारिक कारण देखाउँदै नेपाली टोलीबाट बिदा लिन चाहनुभएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए । हाल उनी त्रिकोणात्मक सिरिजका लागि ओमानमा रहेका छन् । ओमान सिरिज यही भदौ २८ देखि असोज ४ गतेसम्म सञ्चालन हुने छ । उक्त सिरिजमा नेपालले ओमान र अमेरिकासित दुई/दुई खेल खेल्ने तय भएको छ ।
ह्वाटमोर आठ महिना अघि एक वर्षका लागि नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए । क्यानले खुला प्रतिस्पर्धाबाट उनलाई प्रशिक्षक नियुक्त गरेको थियो । कोरोना महामारीका कारण बाँकी समय परिवारका साथ बिताउने भन्दै ह्वाटमोरले राजीनामा पत्र इमेल गरेकाे क्यानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?