पाल्पामा भीरबाट लडेर एक बृद्धको मृत्यु
शुक्रबार, ११ भदौ २०७८, २१ : ४३

पाल्पामा भीरबाट लडेर एक बृद्धको मृत्यु भएको छ । पाल्पाको निस्दी गाउँपालिका–४, मित्यालमा बाटो मर्मत गरेर घर फर्किने क्रममा चिउरीबास निवासी ५८ वर्षीय खर्गसिं विकको भिरबाट लडेर मृत्यु भएको हो । बाटो मर्मत गर्न गएका विक हराएपछि खोजी गर्न खटिएको प्रहरी र स्थानीयवासीले उनलाई मृतावस्थामा भेटेका थिए ।
विकको शव बाटोभन्दा करिब ३ सय मिटर तल अल्झेको अवस्थामा फेला परेको थियो । उनको शव अहिले पोस्टमार्टमको लागि रामपुरमा अस्पतालमा पठाएको जिल्ला प्रहरी कार्यालय पाल्पा प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एकपछि अर्को फिल्म फ्लप भइरहँदा अक्षय कुमारले बेचे अपार्टमेन्ट
-
कसको बलमा ज्ञानेन्द्र गणतन्त्रमाथि धावा बोल्दै छन् ?
-
अमेरिकी विदेशमन्त्री भन्छन्-शान्ति वार्ताका लागि युक्रेनले भूभाग छाड्नै पर्छ
-
शान्ति सम्झौताका लागि छलफल गर्न कतार र साउदी अरब नै किन अग्रसर हुन्छन् ?
-
‘नागरिकले एपले सरकारी सेवाका झन्झट समाधान गर्छ’
-
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर