श्रीलङ्कामा २४ घण्टामा २ सयभन्दा बढी कोभिड सङ्क्रमितको मृत्यु
श्रीलङ्काले विगत २४ घण्टाको अन्तरालमा २०० भन्दा बढी मानिसका मृत्यु भएको भन्दै देशभर जारी कडा निषेधाज्ञा आदेशलाई महामारी नियन्त्रणका लागि भन्दै थप एक हप्तासम्म बिस्तार गर्ने भएको छ । “देशभर लगाइएको कडा प्रतिबन्धको अवधि आगामी मङ्गलबारदेखि अन्त्य हुनेगरी व्यवस्था भएपनि अझै सङ्क्रमण दरमा नियन्त्रण नआएको भन्दै सरकारले सेप्टेम्बर ६ सम्मका लागि कडा प्रतिबन्धात्मक व्यवस्थालाई बिस्तार गर्ने तयारी गरेको हो,” स्वास्थ्य मन्त्री केहेलिया रामबुकवेलालेभने ।
श्रीलङ्कामा कार्यरत विश्व स्वास्थ्य संगठनका विशेषज्ञहरूलगायत ३३ जना प्रमुख स्वास्थ्य विशेषज्ञहरूले अझ कडा प्रतिबन्ध लगाउन आह्वान गरेपछि सरकारले लकडाउनको अवधिलाई थप बिस्तार गर्ने तयारी गरेको हो ।
अस्पतालहरूले डेल्टाको प्रभावको फैलावट सामना गर्न असम्भव भएको भन्ने विज्ञहरूको चेतावनी र दबावपछि राष्ट्रपति गोताबाया राजपाक्षले अगस्त २० देखि १० दिने बन्द गर्ने विषयमा सहमति जनाएका थिए ।
श्रीलङ्कामा कोरोनाभाइरस सङ्क्रमित व्यक्तिमध्ये बिहीबारसम्ममा आठ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पर्यटनका लागि प्रसिद्ध यस एशियाली मुलुकमा अहिलेसम्म कूल चार लाख १२ हजार ३७० व्यक्ति सङ्क्रमित भएका छन् । सङ्क्रमण दर र मृत्यु दरका हिसाबले हेर्दा यो एसियाकै सबैभन्दा खराब प्रभावित देशहरुमध्ये एक भएको छ ।
चिकित्सकहरूले आधिकारिक तथ्याङ्कमा सङ्क्रमित र मृतकको देखिएको उक्त सङ्ख्याभन्दा महामारीका कारण दुई गुणा बढी पिडित भएको हुनसक्ने अनुमान सार्वजनिक गरेका छन् । यहाँका अधिकारीहरूले अस्पताल तथा चिहानहरूमा थुप्रिएका लासहरू सफा गर्न सामूहिक चिहानहरूको सहारा लिएका छन् । एएफपीलाई प्राप्त भएको एउटा रिपोर्टमा स्वास्थ्य विशेषज्ञहरूले अक्टोबर २ सम्म बन्द गर्न सुझाव दिएका र यसले थप १० हजार व्यक्ति मृत्यु हुनबाट जोगिने प्रक्षेपण गरेका छन् ।
सरकारले भाइरस फैलिनलाई रोक्न खोप अभियानमा मुख्यतया भर परेको देखिन्छ । यहाँको दुई करोड १० लाख जनसङ्ख्यामध्ये ६४ लाखभन्दा बढीले दुबै मात्रा खोप लगाइसकेका छन् । अस्पतालमा देखिएको सङ्क्रमितको भीडका कारण अस्पतालहरूलाई उपचारमा निकै समस्या परिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १२ पुग्यो, ३ जना नेपालीको सनाखत
-
गेग्य्रान बगर बन्यो ‘सुन फल्ने’ जमिन
-
आज तीन वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
सुप्रिम सहकारी ठगी प्रकरण : रविविरुद्ध रुपन्देहीमा आजदेखि थुनछेक बहस
-
लस एन्जलसमा फेरि दन्कियो डढेलो, हजारौँलाई सुरक्षित स्थानमा सारियो
-
राप्रपाको केन्द्रीय समिति बैठक भोलिदेखि, आज कार्यसम्पादन समितिको बैठक बस्दै