सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

बाढीले बगाउँदा मलामीको मृत्यु

शुक्रबार, ११ भदौ २०७८, २१ : ०८
शुक्रबार, ११ भदौ २०७८

अविरल वर्षासँगै बबई नदीमा आएको बाढीले बगाउँदा दाङमा एक मलामी गएका व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा दङ्गीशरण गाउँपालिका–१ बाँकीका ५० वर्षीय बामदेब देवकोटा रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायव उपरीक्षक श्याम अर्यालले जानकारी दिए ।

सोही गाउँका एक पुरुषको मृत्यु भएपछि मलामी गएका देवकोटा नुहाउने क्रममा  शुक्रबार दिउँसो निर्माणाधिन बबई नदीको पुल नजिकैबाट बाढीले बगाएको प्रहरी नायव उपरीक्षक अर्यालले जानकारी दिए । गाउँलेले ५०० मिटर दक्षिणको बैबाङ भन्ने ठाउँबाट उनलाई उद्धार गर्दा मृतअवस्था भेटिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप