सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कोशीमा पानीको बहाव बढ्दै

शुक्रबार, ११ भदौ २०७८, २० : ०२
शुक्रबार, ११ भदौ २०७८

सप्तरी र सुनसरीको बीचमा पर्ने सप्तकोशी नदीमा पानीको बहाव बढ्दै गएको छ । उत्तरी पहाडी जिल्लासहित तराईका विभिन्न जिल्लामा विगत दुई÷तीन दिनदेखि लगातार परेको वर्षाका कारण कोशीमा पानीको बहाव बढेको हो । 

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार आज दिउँसोको मापनअनुसार दुई लाख २२ हजार २१५ प्रतिसेकेण्ड क्यूसेक बहाव भइरहेको जनाइएको छ । अझै पानीको बहाव बढ्ने क्रममा रहेकाले कोशी ब्यारेजका ५६ ढोकामध्ये अहिले २२ वटा ढोका खुल्ला राखिएको छ । पानीको बहाव बढिरहेको भन्दै आवश्यकतानुसार थप ढोका खुल्ला गरिने कोशी ब्यारेज प्रशासनको भनाइ छ ।

कोशी ब्यारेजमा अहिले खतराको सङ्केत रातो बत्ती बालिएको छ भने सप्तरी जिल्लाको तटबन्ध आसपासमा बसोबास गर्ने सर्वसाधारणलाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेका छ । कोशीमा पानी बढेसँगै सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोवरगाढासमेत जलमग्न हुने खतरा देखिएको नगरप्रमुख शैलेशकुमार साहले जानकारी दिए । उक्त ठाउँमा बसोबास गर्ने मानिसलाई सुरक्षित रहन उनले आग्रहसमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप