शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'मेरै प्रस्तावमा भीम आचार्य प्रदेशको मुख्यमन्त्री हुनुभएको हो'

शुक्रबार, ११ भदौ २०७८, १९ : ३५
शुक्रबार, ११ भदौ २०७८

प्रदेश १ का निवर्तमान मुख्यमन्त्री शेरधन राईले आफू मुख्यमन्त्री हुँदाको बखतमा प्रदेशले नाम नपाएकोमा अपसोच लागेको बताएका छन् । तर उनले छिट्टै प्रदेशसभाको विशेष अधिवेशन बोलाएर प्रदेश नामकरणको प्रक्रिया अघि बढाइने दाबी गरे । मुख्यमन्त्रीबाट राजीनामापछि शुक्रबार उनले आफ्नै कार्यकालमा पत्रकारहरुसँग कुरा गर्दै प्रदेशको नामकरण गर्ने प्रयत्न सफल नभएको बताएका हुन् । एमालेकै नेतृत्वमा सरकार रहेकोले केही समयभित्रै नामकरण प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

निवर्तमान मुख्यमन्त्री राईले भने ‘मलाई एउटै मात्र अपसोच छ कि म बहाल रहेको बेलामा प्रदेशले नाम पाएन तर छिट्टै प्रदेश नामकरणको प्रक्रिया अगाडि बढाउँछौँ, प्रदेशसभाको विशेष अधिवेशन आव्हान गरेर नामकरण टुङ्ग्याउने विश्वास दिलाउँछौँ ।’ मुख्यमन्त्रीको अक्षमताको कारणले गर्दा प्रदेशले नाम नपाएको भन्ने विषय भने गलत रहेको उनको भनाइ छ।

आफूले नामकरणको विषयमा छलफल गरेको भए पनि अन्य पार्टीहरूले तयारी नगरेको र आफ्नै दल एमालेमा पनि एकमत नभएका कारण नामकरण टुङ्ग्याउन नसकेको उनको भनाइ थियो । 

'मेरो प्रस्तावमा भीम आचार्य प्रदेशको मुख्यमन्त्री हुनुभएको हो'

निवर्तमान मुख्यमन्त्री राईले आफ्नै प्रस्तावमा भीम आचार्य प्रदेश मुख्यमन्त्री भएको दाबी समेत गरेका छन् ।‘मेरो प्रस्तावमा भीम आचार्य प्रदेशको मुख्यमन्त्री हुनु भएको हो’राईले भने,‘सुरुदेखि अन्तिमसँग उहाँलाई बहाल गर्न मेरो सहभागिता छ।’

राईले आचार्य प्रदेशको मुख्यमन्त्री भएकोमा आफूलाई असाध्य खुसी र गर्व समेत लागेका बताए । उनले आचार्यलाई आफूले मुख्यमन्त्रीबाट राजीनामा दिएर उनलाई प्रदेशको मुख्यमन्त्री बनाउन आफूले मौका र अवसर पाएको बताए ।

उनले भने,‘मैले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएर भीम आचार्यलाई प्रदेशको मुख्यमन्त्री बनाउन मौका र अवसर पाएको छु। सितिमिति मान्छेलाई यस्तो मौका र अवसर मिल्दैन ।’

उनले कतिपयलाई मुख्यमन्त्रीको पद गएकोमा सबै थोक गएको भान पनि हुनसक्ने भए पनि आफूलाई भने पटकै त्यस्तो भान नभएको उनको भनाई थियो । उनले पार्टीभित्रको विग्रह र विखण्डन र टुटफुटका कारण कम क्षति होस भनेर आफूले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएको भन्दै उनले सिङ्गो पार्टी पङ्क्तिलाई एकढिक्का रहन आग्रहसमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप