बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

आरबीबी म्युचुअल फन्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

शुक्रबार, ११ भदौ २०७८, १८ : ५७
शुक्रबार, ११ भदौ २०७८

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्धक रहेको आरबीबी म्युचुअल फन्ड अन्र्तगत संचालित पहिलो बन्दमुखी योजना ‘आरबीबी म्युचुअल फन्ड १’ नामको योजना नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । 

म्युचुअल फन्ड प्रति इकाई १०का दरले १२ करोड ५० लाख इकाई अर्थात १ अर्ब २५ करोड नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्जका निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुँयालबीच र आरबीबी मर्चेन्ट बैंकिङ्गका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए । 

उक्त म्युचुअल फन्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंकको शत् प्रतिशत लगानी रहेको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ्ग रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप