शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

गण्डक नहरको बहावले बगाउँदै गरेका तीन जनाको सकुशल उद्वार

शुक्रबार, ११ भदौ २०७८, १८ : १०
शुक्रबार, ११ भदौ २०७८

पश्चिम नवलपरासीको पालिनन्दन गाउँपालिका ३ बेलासपुरस्थित झरही खोलाको बहाव बढेर गण्डक नहरमा पसेपछि सो नहरको बहावले बगाउँदै गरेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । 

सोही ठाउँ बस्ने ४८ वर्षिय अजित अन्सारी, २५ वर्षिय शैलेश गुप्ता र २३ वर्षिय थेरज देवानलाई सो नहरले बगाउँदै गरेको अवस्थामा सकुशल उद्वार गरिएको हो ।  

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण पश्चिम नवलपरासीबाट सशस्त्र प्रहरी नायव उपरीक्षक माधव रेग्मीको कमाण्डमा खटिएको विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीले बोटको प्रयोग गरी उनीहरुलाई बगाएको स्थानदेखि करीव ५ सय मिटर तलबाट सकुशल उद्वार गरेको हो । 

यसैबीच कैलालीको गौरीगंगा नगरपालिका ३ स्थित शिवगंगा नदीको बीच टापुमा फसेका दुई जनाको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ ।     

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप