सिरहाका विभिन्न स्थानमा डुबान
अविरल वर्षासँगै आएको बाढीका कारण सिरहाका विभिन्न ठाउँमा घरहरु डुबानमा परेका छन् । अत्यधिक वर्षाले पोखरीको बाँध भत्केर गाउँमा पस्दा गोलबजार नगरपालिका १२ बेतौनाका एक दर्जन भन्दा बढी घरहरु डुबानमा परेका हुन् । घर डुबानमा परेपछि स्थानीयवासी छिमेकीहरुको घरमा शरण लिएर बसिरहेको स्थानीय मिन्थुन मण्डलले जानकारी दिए ।
डुबानका कारण कोठी(माटोको भकारी) भत्केर सबै अन्नपात काम नलाग्ने भएको स्थानीय इन्द्रदेवी मण्डलले जानकारी दिइन् । उनले भनिन्, ‘घरमा भएका सबै अन्नपात भिजेपछि बिहान छिमेकीले खाना खुवाए, अब पकाउने ठाउँ पनि छैन, भएको अन्नपात पनि भिजेकोले छाक टार्न मुस्किल छ ।’

त्यस्तै, अबिरल बर्षाका कारण गोलबजार नगरपालिका ९ मा २ वटा घर र धनगढीमाई नगरपालिका ६ मा एउटा घर भत्किएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेँलले जानकारी दिए । उता, वर्षाको पानी बजार पसेपछि मिर्चैयाका दर्जनौ पसलहरु जलमग्न भएका छन् । पूर्व–पश्चिम राजमार्गदेखि उत्तरको पानीको उचित निकास नहुँदा बजार पसेर जलमग्न भएको स्थानीय रामनारायण ठाकुरले जानकारी दिए । उनले व्यवसायीहरुको करोडौंको क्षति भएको बताए ।
यता,कमला नदीमा आएको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले सिरहाको पटेर्वास्थित कमला नदीको बाढीमा फसेका दुई जनाको उद्धार गरिएको प्रजिअ कणेँलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण