बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

नेपालको निर्यात प्रवर्द्धन गर्न के गर्नुपर्छ ? महासंघले बुझायो सुझाव

शुक्रबार, ११ भदौ २०७८, १७ : ५९
शुक्रबार, ११ भदौ २०७८


चालू आर्थिक वर्षको पहिलो महिनामा बढेको नेपालको निर्यात वृद्धिलाई स्थायित्व दिनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा नेपालबाट २० अर्ब ७६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । जुन, अघिल्लो आर्थिक वर्षमा ९ अर्ब ६२ करोडको निर्यात भएको थियो ।

यो निर्यातको वृद्धिलाई स्थायित्व दिंदै अझ सुधार गर्दै जानुपर्ने जोड नेपाल उद्योग वाणिज्य महासंघले बताएको हो । महासंघले नेपालबाट निर्यात हुने वस्तुहरूको थप पहिचान एवं प्रवद्र्धन गर्नुपर्ने र अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रयोगशालाको स्थापना गर्नुपर्ने सुझाव दिएको छ । यसका साथै, साना मझौला उद्योगहरूलाई अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न गाह्रो भइरहेकाले निर्यात प्रवद्र्धनका लागि निर्यात प्रोत्साहन कम्तिमा १० प्रतिशत हुनपर्ने बताइएको छ । 

यस्तै, सामूहिक ट्रेडमार्क, तेस्रो मुलुक निर्यात गर्नेलाई थप प्रोत्साहनको व्यवस्था गरी फरक फरक वस्तुको लागि नगद अनुदान रकम छुट्याइनु पर्ने सुझाव आज महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिएको छ । त्यसैगरी, नगद अनुदान प्राप्तिको प्रक्रिया झन्झटिलो भएकाले सरलरूपमा निकासी भएको विन्दुबाट ७ दिनभित्र सम्वन्धित उद्योग व्यवसायको बैंक खातामा  अनलाइन भुक्तानीको व्यवस्था गरिनु पर्ने महासंघको जोड छ ।
 
त्यसैगरी, निर्यातमा पुनर्कर्जाको हालको व्यवस्था अव्यवहारिक भएकाले निर्यातको प्रत्येक अर्डरका लागि पुनरकर्जाको व्यवस्था हुनुुपर्ने र त्यस्तो कर्जाको समयावधि न्युनतम तीन वर्षको लागि गरिनुपर्ने, ढुवानी लागत बढी भएकोले नेपालले आफ्नै कन्टेनरको व्यवस्था गर्नुपर्ने समेत महासंघले बताएको छ । यसैगरी, नेपालमा सामान लिएर आउने कन्टेनरहरूको भाडा नेपाली आयातकर्ताले अगाडि नै तिरीसकेको हुँदा फर्किदा खाली भएर फर्किने भएकाले नेपालबाट निर्यात गर्ने सामानको ढुवानी भाडामा पचास प्रतिशत छुटको व्यवस्था गर्दा निर्यात वृद्धि हुने महासंघको निष्कर्ष छ ।

निर्यात वापतको विदेशी मुद्रा आर्जनमा हुने जोखिमलाई न्युनिकरण गर्न एक्सपर्ट क्रेडिट इन्स्योरेन्सको व्यवस्था गर्नुपर्ने,  कृषि उत्पादनहरू जस्तै अलैची, अदुुवा आदिको सम्भावित बजार बंगलादेश रहेकाले हाल बंगलादेशले नेपालबाट जाने अलैंचीमा ३५ प्रतिशत भंसार महसुल लगाएको र निर्यात गर्न समेत समस्या देखिएकाले यसतर्फ सरकारले अविलम्ब पहल गर्नुपर्ने सुझाव महासंघको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप