मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

भीमफेदी दुर्घटना : खुल्यो मृतकको पहिचान

शुक्रबार, ११ भदौ २०७८, १७ : ३१
शुक्रबार, ११ भदौ २०७८

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी–१ सुपारेटार ब्यारेक नजिक राप्ती खोलामा आज बिहान मालबाहक ट्रक खस्दा मृत्यु भएको एक जना र घाइते दुवैजनाको पहिचान खुलेको छ । दुर्घटनामा परी मृत्यु हुनेमा ट्रकमा सवार सिन्धुली लम्पटार–१ का २८ वर्षीय भोजराज बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रहरीका अनुसार घाइते हुनेमा ट्रक चालक मोरङ सुन्दरहरैचा–८ का ३१ वर्षीय राजन बाँस्कोटा र सोही ट्रकका सहचालक सोही ठाउँ बस्ने २४ वर्षीय सरोज आचार्य रहेका छन् । घाइते भएका बाँस्कोटाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ भने सहचालक आचार्यलाई थप उपचारको लागि काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । फलाम बोकेर काठमाडौँ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आइचर ट्रक बिहान आफैँ अनियन्त्रित भई खोलामा खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप