शान्ति मिसनको परीक्षा त्रुटिरहित बनाउन आईजीपीको निर्देशन
शान्ति मिसनमा जान प्रहरीले लिने आन्तरिक परीक्षा (प्रि–एएमएस)लाई त्रुटिरहित बनाउन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्देशन दिएका छन् । प्रहरी प्रधान कार्यालयको युएन शाखाले यसअघि लिएको परीक्षाको प्रश्नपत्र लिक भएको थियो । प्रश्नपत्र लिक गराउने मुख्य ३ जना सहित ११ जना प्रहरी अधिकारी कारवाहीको प्रक्रियामा छन् ।
शुक्रवार अपराध अनुसन्धान विभाग र युएन शाखाका प्रहरी अधिकृतहरूलाई निर्देशन दिँदै आईजीपी थापाले परीक्षा मर्यादित बनाउन सम्बन्धित प्रहरी कर्मचारीहरूले पूर्ण इमान्दारीता एवम् उत्तरदायित्व वहन गर्नुपर्ने बताए । साउन १५ र १६ मा लिइएको परीक्षा रद्द गररेको प्रधान कार्यालयले भदौ १७ मा फेरि परीक्षा लिने भएको छ ।
परीक्षा सञ्चालनमा खटिने प्रहरी अधिकृतहरूले परीक्षाको गोपनियता लगायतका मापदण्ड पालना गर्नुपर्ने थापाले बताए । ‘विगतका कमजोरी नदोहोरिने गरी संवेदनशील भई आ–आफ्नो जिम्मेवारी वहन गर्नुस्’ प्रहरी महानिरीक्षक क्षेत्रीले भने–‘नियतवश हुने लापरवाही क्षम्य हुँदैन ।’
कार्यक्रममा प्रहरी प्रधान कार्यालय युएन शाखाका प्रहरी उपरीक्षक गंगा पन्तले परीक्षा सञ्चालनको तयारी सम्बन्धी प्रस्तुतिकरण गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बद्रीनारायण धाममा हुन लागेको प्राण प्रतिष्ठाको प्रचारको लागि सितापालादेखि वाकाथन (तस्बिरहरू)
-
तीनकुनेमा हिंसा भड्काएको आरोपमा सन्तोष सिलवाल पक्राउ
-
मुलपानीमा वर्षा, नेपाल र अफगानिस्तानबिचको खेल प्रभावित (तस्बिरहरू)
-
रामकुमारी झाँक्रीद्वारा शिक्षक आन्दोलनको कडा आलोचना, भनिन्–ऐन सडकबाट पास हुने हो ?
-
शिक्षकलाई आन्दोलनमा होमिन प्रेरित गर्ने ‘हामी शिक्षक’ गीत कसरी बन्यो ?
-
काठमाडौँ उपत्यकामा चुनौती बन्दै ट्राफिक व्यवस्थापन, करिडोर सडक बन्दैछन् विकल्प (तस्बिरहरू)