शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

अस्पतालका प्रमुखलाई एमालेका कार्यकर्ताले दले कालोमोसो

शुक्रबार, ११ भदौ २०७८, १७ : १८
शुक्रबार, ११ भदौ २०७८

 राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई एमालेका कार्यकर्ताले कालोमोसो दलेका छन्।

 एमालेको भातृसंगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३÷४ जनाको समूहले शुक्रबार पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफ्लेले जानकारी दिए ।

 अस्पतालका प्रमुख सिंहसँग चेकजाच गर्नुपर्ने बिषयमा बिबाद गरेर परियारको समुहले उनलाई कालोमोसो दल्नुका साथै दुर्ब्यबहार गरेको एसपी काफ्लेले बताए । परियारले अस्पतालमा नहुने चेकजाँच बाहिर गर्न आग्रह गर्दा उनीहरुले एकाएक कालोमोसो दलेको बताइएको छ ।  एसपी काफ्लेले घटनामा संलग्नहरुको पहिचान भइसकेको र तत्काल पक्राउ गर्न निर्देशन मातहतका प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिए ।
   
घटनामा संलग्न व्यक्तिहरुको खोजी कार्य जारी रहेको र अभद्र ब्यबहारमा मुद्धा दर्ता गरेर कारबाही गरिने एसपी काफ्लेले बताए । 

टाइफाइड भएको बिरामीको कल्चर चेकको व्यवस्था नभएको बताएपछि विवाद सुरु भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप