आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

म्यानचेस्टर सिटीका स्टारविरुद्ध बलात्कारका चार मुद्दा

शुक्रबार, ११ भदौ २०७८, १७ : १०
शुक्रबार, ११ भदौ २०७८

इङ्ग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीका फ्रान्सेली स्टार बेन्जामिन मेन्डीले अदालतमा आफूमाथि लागेका आरोपबारे बयान दिएका छन् । उनीमाथि बलात्कारका चार र यौन दुर्व्यवहारको एक मुद्दा छ । अनुसन्धानकर्ताहरुका अनुसार तीनजना महिलाहरुले उनीविरुद्ध यस्ता मुद्दा दर्ता गरेका हुन् । सबै महिलाको उमेर १६ वर्षमाथि छ । जसअनुसार एकजना महिलाले आफूमाथि तीनपटक बलात्कार भएको आरोप लगाएकी छिन् । ती महिलाका अनुसार मेन्डीले आफ्नो ५० लाख पाउन्ड पर्ने बंगलामा उनीविरुद्ध यस्तो अपराध गरेका थिए । 

प्रहरीले गत नोभेम्बरमा उनलाई घरबाट पक्राउ गरेको थियो, तर त्यसको केही समयपछि नै उनी  जमानतमा छुटेका थिए । २७ वर्षीय लेफ्ट ब्याक कानूनी झमेलामा फसेसँगै क्लबले उनलाई निलम्बन गरेको छ ।  जमानतमा रिहा भएपछि उनीविरुद्ध दुईवटा मुद्दा परेका छन् । एक महिलाले बलात्कारको आरोप लगाएकी छिन् भने अर्की महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छिन् । 

उनीविरुद्ध अर्को एउटा मुद्दा पनि छ । जमानतमा रिहा भएपछि शर्तहरु पालना नगरेको ।  त्यहीकारण उनी अहिले प्रहरीको हिरासतमै छन् । र, शुक्रबार प्रहरीकै भ्यानमा अदालतमा उपस्थित भएर बयान दिएका छन् । म्यानचेस्टर सिटीले यसबारे विज्ञप्ति निकालेर भनेको छ, ‘प्रहरीले अभियोग दर्ता गरेको कुरालाई म्यानचेस्टर सिटीले पुष्टि गर्नसक्छ । अनुसन्धान जारी रहेकाले उनी निलम्बनमा रहनेछन् । यो विषय कानूनी प्रक्रिया हो र यसबारे थप टिप्पणी गर्न क्लब असमर्थ छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप