काखमा दुधे बालक, झोलामा चरेस !
रसुवाबाट २८ वर्षीया रुपा शेर्पा काठमाडौं आउँदै थिइन् । ना.१ज ६६१९ नम्बरको यात्रु बाहक टाटासुमोको अगाडीको सिटमा बसेकी थिइन् रुपा । बुधवार सुमो रोकेर नागढुङ्गामा प्रहरीले उनलाई सोधपुछ गर्न थालेपछि सुमोमा सवार यात्रुले प्रहरीसँग आक्रोश पोखे–‘काखमा बच्चा छ, किन दुःख दिएको ?’
प्रहरीले रुपाको झोला सर्च गरे । झोलामा लागुऔषध चरेस भेटियो । अनि, सुमोमा रहेका यात्रुहरु चकित भए । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्याफ्रु घर भएकी रुपाको साथबाट महानगरीय प्रहरी वृत थानकोट र नागढुंगाबाट खटिएको टोलीले १ किलो ७ सय ग्राम चरेस बरामद गरेको छ । लागुऔषध लिएर काठमाडौं आएकी रुपाको काखमा ८ महिनाको बालक छ ।
चरेससहित पक्राउ गरेपछि अनुसन्धान अधिकृतले उनलाई सोधे–‘कहाँबाट, कसले दिएको यो सामान ?’ रुपाले उत्तर दिइन्–‘मेरो श्रीमानले पठाएको, उहाँ पनि स्कुटरमा आउँदै हुनुहुन्छ ।’ उनका पति पाराङ्वा तामाङले सो लागु औषधको झोलासहित रुपालाई सुमो चढाएर काठमाडौं पठाएका थिए ।
सुमोभन्दा पछाडी प्रदेश–३–०२–०१४ प ६२१९ नम्बरको स्कुटरमा आएका पाराङ्वा तामाङलाई पनि पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेशकुमार बस्नेतले रातोपाटीलाई बताए ।
तामाङ दम्पती ८ महिनाको बच्चासहित महानगरीय प्रहरी वृत थानकोटको हिरासतमा छन् । उनीहरुविरुद्ध प्रहरीले लागुऔषध मुद्धामा म्याद लिएर अनुसन्धान गरिरहेको छ । बालक लिन उनको आफन्त आएमा जिम्मा लगाएर पठाउने एसपी बस्नेतले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण