आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तार गर्न नबिल बैंकले गर्यो पनौती नगरपालिकासँग साझेदारी

शुक्रबार, ११ भदौ २०७८, १६ : ३३
शुक्रबार, ११ भदौ २०७८

काठमाडौं । उद्यमशीलता विकास र वित्तीय पहुँच विस्तार गर्न नबिल बैंकले पनौती नगरपालिकासँग साझेदारी गरेको छ ।

उक्त साझेदारी मार्फत नगरपालिकाले स्थानिय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धि कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई नगरपालिकाको सिफारिसमा बैंकले बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने भएको छ । 

उक्त सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नगरपालिकाका मेयर भिम न्यौपाने तथा पाँचखाल नगरपालिकामा नबिल बैंकका बागमती प्रदेश प्रमुख अमित श्रेष्ठ र उपमेयर लक्ष्मी दनुवारले हस्ताक्षर गरेका छन् । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजित शाक्यले यस सम्झौताले पनौती नगरपालिकामा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । त्यस्तै पनौती नगरपालिकाका मेयर न्यौपानेले नबिल बैंकको दिगो बैंकिङ्गले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गरे ।

पाँचखालमा आयोजित कार्यक्रममा उपमेयर लक्ष्मी दनुवारले नबिल बैंकसँग नगर विकास र रोजगारी सिर्जनामा सँगै हातेमालो गर्ने बताइन् ।

नबिल बैंकले असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ्गको शुरुवात गरेको थियो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशिलता कर्जा शुरु गरेको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप