शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत

शुक्रबार, ११ भदौ २०७८, १६ : २०
शुक्रबार, ११ भदौ २०७८

नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजनाका रुपमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सम्झौता भएको हो ।

सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।

‘आरबीबी म्युचुअल फण्ड १’ अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई अर्थात् एक अर्ब २५ करोड रुपैयाँ कारोबार हुन सक्नेगरी सूचीकरण सम्झौता भएको छ ।

उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतिशत लगानी रहेको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ्ग लि. हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप