शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सुर्खेतमा १४ प्रतिशतले मात्र पाए पूर्ण खोप

शुक्रबार, ११ भदौ २०७८, १५ : ५५
शुक्रबार, ११ भदौ २०७८

सुर्खेत जिल्लामा हालसम्म १४ प्रतिशत जनसंख्याले मात्र कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पुर्ण खोप पाएका छन् । झण्डै ४ लाख २३ हजार जनसंख्या रहेको सुर्खेतमा १४ प्रतिशतले मात्र पुरा मात्रामा खोप पाएका छन् भने १६ प्रतिशतले दोस्रो डोज पाएका छैनन् ।

शुक्रबार जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकमा जिल्ला जनस्वास्थ्य कार्यालयले प्रस्तुत गरेको तथ्याङ्क अनुसार पहिलो र दोस्रो गरेर १ लाख २६ हजार ४८५ जनालाई कोरोना भाइरस विरुद्धको खोप दिईएको छ। जसमध्ये ५९ हजार ९९७ जनाले पहिलो र दोस्रो गरेर पुर्ण मात्रा खोप लगाएका छन् भने ६८ हजार ४८९ जनाले पहिलो मात्राको खोप मात्र प्राप्त गरेका छन् । 

जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी गणेश गौतमका अनुसार २७ हजार २९६ जनालाई कोभिशिल्ड खोपको पहिलो डोज लगाइएको छ । ८ हजार ५८९ जनाले पहिलो र दोस्रो दुबै गरी पुर्ण मात्राको खोप लगाएतका छन् । 

भेरोसेल खोप जम्मा ४७ हजार ५५७ जनालाई लगाइएको छ । जसमध्ये ३५ हजार ३९७ जनाले पहिलो मात्र डोज मात्र लगाइएको छ भने र १२ हजार १६० जनाले दुबै मात्राको खोप लगाएका छन् ।

यस्तै २२ हजार ७५२ जनाले जोनस एण्ड जोनसन खोप लगाएका छन् । उनका अनुसार आस्ट्राजेनेका खोप जम्मा २० हजार २९१ जनालाई लगाइएको छ । जसमा  ५ हजार ७९६ जनाले पहिलो मात्राको  र १४ हजार ४९५ जनाले पहिलो र दोस्रो दुबै मात्राको खोप लगाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप