बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गुगल सर्चलाई एप्पल डिभाइसमा राख्न गुगलले एप्पललाई दिनेछ १७ खर्ब

शुक्रबार, ११ भदौ २०७८, १५ : ३३
शुक्रबार, ११ भदौ २०७८

गुगल सर्चलाई एप्पल डिभाइसमा राख्नका लागि गुगलले खर्बौं रुपैयाँ दिने गरेकोबारे थाहा छ ? हरेक वर्ष सम्झौता अनुरुप गुगलले एप्पललाई पैसा दिन्छ । यसपटक पनि यस्तै हुँदैछ । 

बर्नस्टीनका एनालिस्टलाई उद्धृत गर्दै दिइएको खबरमा गुगलले सन् २०२१ का लागि एप्पललाई १५ बिलियन डलर (१७ खर्ब रुपैयाँ) दिने भएको छ । स्मरण रहोस्, अघिल्लो वर्ष अर्थात् सन् २०२० मा यो १० बिलियन डलर थियो । अर्थात् अब ५ बिलियन डलर वृद्धि भएको छ । 

गुगलले एप्पललाई किन दिन्छ पैसा ?

एप्पल संसारको शीर्ष मोबाइल कम्पनी भएको कुरा कसैबाट लुक्न सकेको छैन । यस्तोमा यो सम्झौता अन्तर्गत एप्पलले आफ्नो हरेक डिभाइस जस्तै – आइफोन, म्याक र आइप्याडमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगललाई नै राख्ने गर्छ । 

यदि तपाईं एप्पलको डिभाइसमा सफारी ब्राउजर प्रयोग गर्नुहुन्छ भने त्यसले पनि गुगल सर्च नै गर्छ । यस्तो यसकारण किनभने यसका लागि गुगलले एप्पललाई अर्बौं रुपैयाँ दिन्छ । 

एनालिस्टले लगाएको अनुमान अनुसार सन् २०२१ मा एप्पलले आफ्नो शुल्क बढाएको छ र यो अब १५ बिलियन डलर भइसकेको छ । सन् २०२२ सम्म यो १८ देखि २० बिलियन डलरसम्म पुग्ने पनि अनुमान गरिएको छ । 

यद्यपि, यसका लागि एप्पलको आलोचना पनि हुने गर्छ । आलोचना यसकारण किनभने कम्पनी गोपनियताको विषयमा ठूलो दाबी गर्ने गर्छ । यस्तोमा डिफल्ट सर्च इन्जिनको रुपमा गुगललाई राख्दा गोपनियतामा आँच त आइरहेको छैन भनेर धेरैले शंका गर्ने गर्छन् । 

यो आलोचनामाथि एप्पलले भनेको छ, ‘गुगल सबैभन्दा चर्चित सर्च इन्जिन हो र हामी गुगललाई समर्थन गर्छौं, तर हामीसँग डकडक गोका लागि पनि बिल्ट इन सपोर्ट छ ।’

डकडक गो एउटा सर्च इन्जिन हो जसलाई निकै सुरक्षित र नीजि मानिन्छ । 

यो सम्झौताले एप्पल र गुगल दुबैलाई फाइदा हुन्छ । एप्पलले गुगलको तर्फबाट मोटो रकम पाउँछ, यस्तै गुगल​ले यो कारण धेरै प्रयोगकर्ता पाउँछ । धेरै प्रयोगकर्ता अर्थात् धेरै विज्ञापन र युजर डाटा । बढी युजर डाटा र विज्ञापनमार्फत् कम्पनीले अत्यधिक पैसा कमाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप