बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य
बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गरेका छन् ।
गत जेठ १६ गतेदेखि संचालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । आठौं अधिवेशनमा कुल २४ वटा बैठक बसेको थियो । बैठकले प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको थियो ।
त्यस्तै प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ भने प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।
भदौ २ गते शून्य समय र विषेश समयमा सांसदहरुले धारणा राखे लगत्तै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । सोही दिन बागमती प्रदेशको सरकार पनि परिवर्तन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण