बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । बागमती प्रदेश मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले प्रदेशसभाको अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष सिफारिस गरेको हो ।
मन्त्रिपरिषदको सिफारिस लगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गरेका छन् ।
गत जेठ १६ गतेदेखि संचालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । आठौं अधिवेशनमा कुल २४ वटा बैठक बसेको थियो । बैठकले प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको थियो ।
त्यस्तै प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ भने प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।
भदौ २ गते शून्य समय र विषेश समयमा सांसदहरुले धारणा राखे लगत्तै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । सोही दिन बागमती प्रदेशको सरकार पनि परिवर्तन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवराज सुवेदीको ‘नजरबन्द’ हटेपछि जगमानले भने - राजसंस्था पुनर्स्थापना गर्न पूर्ण सहयोग गर्नेछु
-
आन्दोलनको स्वरूप परिवर्तन गर्न विद्यालय व्यवस्थापन समिति महासङ्घको आग्रह
-
विद्यालय खोल्न अभिभावक आन्दोलनमा
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक