मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीका कृषि मन्त्रीलाई बर्खास्त गर्न माग

शुक्रबार, ११ भदौ २०७८, १५ : ०४
शुक्रबार, ११ भदौ २०७८

कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटना विवरणसहित लागेको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए । 

यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री शाहीले पदबाट राजीनामा नदिएका खण्डमा आन्दोलन गर्ने बताएका छन् । अखिलका सुर्खेत अध्यक्ष धुपेन्द्र शाहीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा भनिएको छ, ‘२४ घण्टाभित्र बलात्कार आरोप लागेका मन्त्रीलाई बर्खास्त गरी जनपक्षीय भूमिकामा रहन कर्णालीका मुख्यमन्त्रीलाई अनेरास्ववियू जोडदार माग गर्दछ । यदि तोकिएको समयमा बर्खास्त नगरेमा चरणबद्ध आन्दोलन सहित सडकमा उत्रिन बाध्य हुनेछौँ ।’ 

यद्यपि, मन्त्री शाहीको सचिवालयले भने यो विषयमा अहिलेसम्म कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन । भदौ ६ गते उक्त घटनाको विषय सार्वजनिक भएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप