बाढी–पहिरोको क्षतिबारे छलफल गर्न गृहमन्त्री र सुरक्षा प्रमुखहरुको बैठक बस्दै
शुक्रबार, ११ भदौ २०७८, १४ : ५७

अविरल वर्षाका कारण आएको बाढी र पहिरोका कारण भएको क्षतिबारे छलफल गर्न गृहमन्त्री बालकृष्ण खाणले बैठक बोलाएका छन् । गृह मन्त्रालयमा बस्ने बैठकमा सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सिइओ अनिल पोखरेल सहभागी हुनेछन् ।
बैठकमा बिहिबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोको क्षति र आगामी रणनीतिबारे छलफल हुने गृहमन्त्रीका निजी सचिव नरेन्द्र केसीले बताए । बैठकमा गृह मन्त्रालयको विपद् ब्यवस्थापन महाशाखाका प्रमुख पनि सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञापन बोर्डको अध्यक्षका लागि आवेदन आह्वान
-
नेकपा एमाले विराटनगर नगरकमिटीको अध्यक्षमा गिरी निर्वाचित
-
इंग्ल्याण्डका नागरिक कैलालीमा मृत फेला
-
डोटीमा सिकार खेल्ने क्रममा गोली लाग्दा एक युवकको मृत्यु
-
सरकारले अस्पताललाई भुक्तानी दिन सकेन, स्वास्थ्य बिमा गर्नेलाई समस्या
-
अभियानको क्रममा कपिलवस्तुमा प्रचण्ड, बाणगंगामा मर्निङ वाक