प्रेम प्रस्ताव राख्ने युवकको लिस्ट लामै छ : केकी अधिकारी
मोडल,अभिनेत्री,निर्माताको छवि बनेको छ फिल्म क्षेत्रमा केकी अधिकारीको । टेलिभिजनको डान्स रियालिटी शो हुँदै म्युजिक भिडियो र फिल्म अभिनयमा प्रवेश गरेकी उनले एक फिल्म निर्माण समेत गरिसकेकी छन् । पछिल्लो समय कमेडी रियालिटी शो कमेडी च्याम्पियन निर्माण गरिरहेकी केकी विवादरहित अभिनेत्री पनि हुन् । नृत्यमा समेत पोख्न उनी अविवाहित छिन् । अहिले तत्कालै उनको विवाह गर्ने कुनै योजना पनि रहेको छैन ।
तर, हरहमेसा उनले मिडिया होस् वा दर्शकको एउटै प्रश्नको सामना गर्नुपर्दछ । विवाह कहिले गर्ने ? । सायद, त्यसैले होला उनले अचेल आफुलाई विवाहदेखि डर लाग्न थालेको बताउन थालेकी छन् । केही दिन अगाडि पनि उनले फ्यानसँगको प्रश्नमा विवाहदेखि डर लाग्न थालेको बताएकी हुन् ।
फ्यानसँगको प्रश्न र जवाफ उनले आफ्नो युट्युव च्यानलमा समेत राखेकी छन् । जसमा उनले केही फ्यानका प्रश्नको जवाफ समेत दिएकी छन् । जसमा एक फ्यानले उनलाई ‘बिहे गरम गरम लाग्दैन ?’ भनेर समेत प्रश्न गरेका छन् । जसको जवाफ उनले हाँस्दै भनेकी छन् ‘ ‘बिहे गरम गरम त कसैलाई हुन्छ जस्तो मलाई लाग्दैन । बिहे गरम गरम लागेर गरेका होइनन् होला । बिहे नगरम नगरम पनि मलाई भएको छैन ।’ सोही प्रश्नको जवाफमा उनले आफूलाई प्रेम प्रस्ताव राख्ने युवकहरुको लिस्ट समेत लामै भएको बताएकी छन् ।
फ्रयाङ्क, मिलनसार स्वभावको रुपमा चिनिएकी केकीले फिल्म क्षेत्रमा धेरै फिलम दिएकी छन् । तर हिट भने कमै रहेका छन् । पछिल्लो समय ‘छ माया छपक्कै’ हिट फिल्म दिएकी उनले निषेधाज्ञा अगाडि ‘बोक्सीको घर’ नामक फिल्म निर्माण अभिनय सुरु गरेकी थिइन् । जुन फिल्म निर्माणको चरणमा रहेको छ । उनको अभिनय फिल्म ‘घिन्ताङ’, ‘कहानी तिम्रो मेरो’ पनि रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै