रुपन्देहीमा खोलाले बगाउँदा २ जना बेपत्ता
शुक्रबार, ११ भदौ २०७८, १४ : ०६
रुपन्देहीमा खोलामा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका छन् । रुपन्देहीको ओमसतियमा गाउँपालिका लगायतका स्थानमा आएको बाढीले बगाउँदा २ जना बेपत्ता भएका हुन् । वेतलियाको रोहणी खोलाले बगाउँदा स्थानीय ५० वर्षीय रामेश्वर लोभ वेपत्ता भएका छन् । त्यस्तै दानव खोलामै अर्का एक युवक पनि वेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाका अनुसार दानव खोलामा दाउरा टिप्न गएका सम्मरीमाई ३ पिपरहवाका २३ वर्षीय बब्लु लोधलाई बाढीले बगाएको प्रहरीले जानकारी दिएको छ । वेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीकाअनुसार रुपन्देहीको कन्चन गाउँपालिका ३ को बस्तीमा बाढी पस्दा ८ वटा घरमा क्षति भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन