शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काबुल घटनामा ज्यान गुमाउनेको संख्या १ सय नाघ्यो

शुक्रबार, ११ भदौ २०७८, १२ : ०२
शुक्रबार, ११ भदौ २०७८

काबुल विमानस्थलमा भएको बम विस्फोटको घटनामा परेर ज्यान गुमाउनेको संख्या १ सय नाघेको छ । अफगानिस्तानको स्वास्थ मन्त्रालयका अनुसार ९० जनाभन्दा धेरैको ज्यान गइसकेको छ ।

त्यसैगरी, १३ जना अमेरिकी सैनिक मारिएको अमेरिकी सेन्ट्रल कमाण्डले जनाएको छ । कमाण्डका अनुसार १८ जना अमेरिकी सैनिक घाइते छन् । घटनामा घाइते हुनको कुल संख्या १ सय ५० भन्दा धेरै रहेको अफगानी स्वास्थ मन्त्रालयले जनाएको छ । 

३१ अगस्टको समयसीमा सकिन लागेका बेला अमेरिका र अन्य देशहरुले आफ्ना नागरिकलाई अफगानिस्तानबाट निकाल्ने कार्य तिव्र गरिरहेका थिए, यही क्रममा बिहीबार विमानस्थलमा बिस्फोट भएको हो । घटनाको जिम्मेवारी आईएसआईएस–केले लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप