बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संवैधानिक परिषद् अध्यादेश विरुद्धको रिटमा आज सुनुवाइ

शुक्रबार, ११ भदौ २०७८, ११ : ४७
शुक्रबार, ११ भदौ २०७८

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध परेको रिटमा शुक्रवार सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाले सो मुद्दाको सुनुवाइ गर्दै छन् ।

केपी शर्मा ओली नेतृत्वको  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषद् (काम, कर्तब्य अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संसोधन अध्यादेश–२०७८ जारी गरेकी थिइन् । सो अध्यादेशका आधारमा संवैधानिक परिषद्ले अख्तियार, लोकसेवा आयोग र निर्वाचन आयोग लगायतमा संवैधानिक नियुक्ती गरेको थियो ।

अध्यादेश बिरुद्ध बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । लामो समयदेखि सो मुद्दामा सुनुवाई हुन सकेको थिएन । रिट निवेदकले अध्यादेश खारेज गरेर सो अध्यादेशका आधारमा गरिएका नियुक्ती बदर गर्न माग गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप