बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अविरल वर्षाका कारण परासी बजार डुबानमा

शुक्रबार, ११ भदौ २०७८, ०८ : ५४
शुक्रबार, ११ भदौ २०७८

विहीबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको सदरमुकाम परासी बजार डुबानमा परेको छ। सदरमुकाम हुँदै बगेको झरही नदी ओभर फ्लो भै परासी बजारमा बाढी पसेको हो। बाढी पसेर बजार पुरै जलमग्न भएको छ भने सयौं घरहरु डुबानमा परेका छन्। 

बजारको पूर्व झरही नदी र पश्चिम रावनखन्डा खोलाको बाढी बजारमा पसेर जिल्लाको रामग्राम नगरपालिका परासी बजारमा पर्ने नगरपालिकाको वडा १ सहुवाटिकर, वडा २ को मस्जिदटोल, हाटबजार टोल, ३ को सङम टोल, मालटोल,लोकतान्त्रिक टोल, वडा५ को प्रशासनटोल ड्राइभटोल, इमलीटोल, बुध्चोक्टोल र वडा६ पोखरापाली टोले पुरै डुबानमा परेको छ भने नगरका अरु वडा र क्षेत्रहरु बर्षाको पानीले जलमग्न भएको छ।


बाढीले जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र आर्मी ब्यारेकसहित विभिन्न सरकारी कार्यालयहरूमा पनि २ देखि ५ फिटसम्म बाढीको पानी पसि डुबानमा परेको प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

डिएसपी लामाले भने, 'अहिले पानी परिरहेको छ बढ्दो बाढीले कतै मुभ हुन सकिएको छैन । जिल्लामा कहाँ के भाको छ पता लगाउन सकिएको छैन भने बजारको वास्तविक क्षतिको विवरण समेत संकलन पनि गर्न सकिएको छैन ।' 

उनका अनुसार बाढीको पानी घरमा पसेर खाद्यान्न, लत्ताकपडा, फर्निचरका सामान लगायत भिजेका छन् ।

यता पूर्व पश्चिम राजमार्गमा सुनवल नगरपालिकाको बडेरा, बनक्टी र ज्यामिरे स्थित डाइभर्सन पनि भत्केर आवागमन अवरुद्ध भएको छ। बाढीको  तीव्र बहावले डाइभर्सन पुरै डुबानले डाइभर्सन बगेको कि भत्केको भने पुरै यकिन हुन नसकेको प्रहरीले जनाएको छ। 

राजमार्गमै सुनवल ४ को तुरिया पुल पनि  भाँचिएर भएर राजमार्गमा अवरुद्ध भै अवाफमन पुरै ठप्प भएको प्रहरीले जनाएको छ।  

त्यसैगरी जिल्लाको सरावल, पाल्हिनादन, प्रतापपुर र सुस्ता गाउपालिका र रामग्राम, सुनवल बर्दघाट नगरपालिकाको केही वडाहरू बाढीले जल्मग्न भएको प्रहरीले जनाएको छ। 

यता सुनवल नगरपालिका  वडा ४ को एक १४ बर्षिय बालक बेपत्ता परेको प्रहरीले जनाएको छ। बस्तीमा बाढी पसेकाले उनी बाढीमा बगेको कि कता परेको भने यकिन हुन सकेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप