भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध
शुक्रबार, ११ भदौ २०७८, ०८ : ३८
मकवानपुर । मकवानपुरको देउरालीमा पहिरो खस्दा हेटौंडा हुँदै काठमाडौँ जाने छोटो दुरीको मार्ग भिमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध भएको छ ।
बिहिबारदेखि परेको अविरल वर्षाका कारण सो सडक खण्डको भीमफेदी गाउँपालिका वडा नम्बर–६ देउरालीमा पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पहिरोका कारण दुईतर्फी नै यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वोर रिमालले जानकारी दिए ।
लगातार वर्षा भइरहेकोले पहिरो हटाउन समस्या भएको उनले बताए । वर्षा केही कम हुनासाथ पहिरो पन्छाउने कार्य सुरु गरि यातायात सन्चालन गरिने उनको भनाई छ ।
उनले सो सडक खण्डबाट हेटौंडा हुँदै काठमाडौंको यात्रामा रहेकाहरुलाई वैकल्पिक सडकको प्रयोग गर्न सुझाव दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सपना प्रधान मल्ललाई कायम मुकायम प्रधानन्यायाधीशको जिम्मेवारी
-
अस्ट्रेलियन फुटबलर भोल्पाटो कोकिन परीक्षणमा पोजेटिभ
-
इरान युद्धमा मृत अमेरिकी सैनिकको सङ्ख्यालाई लिएर विवाद
-
गण्डकीमा दर्ता हुन थाले राइड सेयरिङ कम्पनी
-
खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रमणकारी स्थानीयको कुटाइले गम्भीर
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण