बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सेती दोभानमा पहिरो, नारायणगढ–मुग्लिन सडक बन्द

शुक्रबार, ११ भदौ २०७८, ०७ : ३१
शुक्रबार, ११ भदौ २०७८

चितवन । चितवनको सेती दोभानमा पहिरो खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ । 

नारायणगढ–मुग्लिन सडक खण्डको सेती दोभानमा पहिरो खस्दा दुईतर्फी रुपमा सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अविरल परेको वर्षाका कारण आज राति करिब ८ बजेको समयमा  भरतपुर महानगरपालिका–२९ सेती दोभानमा पहिरो खसेकाले नारायणगढ–मुग्लिङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले चितवनका प्रहरी निरीक्षक भगवान राज थापाले जनाएको छ ।

पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध बनेकाले यातायात सेवा ठप्प भएको छ ।

सडकको माथिल्लो भागबाट ठूलो पहिरो खसेकाले तत्काल पहिरो गएको स्थानमा जान सक्ने अवस्था नरहेको उनले बताए । वर्षा केही कम हुनासाथ भोलि बिहान ५ बजेबाट पहिरो पन्छाउने कार्य सुरु गर्ने तयारी गरिएको उनले बताए ।

उनले पहिरोको जोखिम कायम नै रहेका र यातायातका साधनहरु जाम भएकाले नारायणगढ–मुग्लिङ सडक हुदै यात्रा गर्ने सवारीसाधनहरूलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप