आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स लिग ड्र : बायर्न र बार्सा एकै समूहमा, लिभरपुल ग्रुप अफ डेथमा

बिहीबार, १० भदौ २०७८, २३ : ०८
बिहीबार, १० भदौ २०७८

युरोपको सर्वोच्च क्लब फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको समूह विभाजन सार्वजनिक भएको छ । नयाँ सिजनको समूह चरणको खेलमा समूह एमा म्यान्चेस्टर सिटी र पेरिस सेन्ट जर्मेनबीच भिडन्त हुने भएको छ । त्यस्तै, ग्रुप अफ डेथ समूह बीमा एथ्लेटिको म्याड्रिड, लिभरपुल, पोर्टो र एसी मिलान भिड्नेछन् । 

इन्टर मिलान र रियल म्याड्रिड समूह डीमा रहेका छन् । बायर्न र बार्सिलोना एकै समूह ईमा रहेका छन् । त्यस्तै, समूह एचमा चेल्सी र युभेन्टस भिड्ने भएका छन् ।

यस्तो छ समूह विभाजन

समूह ए
म्यानचेस्टर सिटी
पेरिस सेन्ट जर्मेन
आरबी लेइपजीग
क्लब ब्रुग


समूह बी
एथ्लेटिको म्याड्रिड
लिभरपुल
पोर्टो
एसी मिलान

समूह सी
स्पोर्टिङ लिजबन
बोरुसिया डर्टमन्ड
आयाक्स
बेसिक्टास

समूह डी
इन्टर मिलान
रियल म्याड्रिड
शाख्तार डोनेस्क
सेरिफ टिरास्पोल

समूह ई
बायर्न म्युनिख
बार्सिलोना
बेनफिका
डिनामो किएभ


समूह एफ
भिल्लेरियाल
म्यान्चेस्टर युनाइटेड
एटलान्टा बीसी
यङ ब्वाइज

समूह जी
लिल
सेभिया
एफसी साल्जबर्ग
भीएफएल वुल्भसबर्ग

समूह एच
चेल्सी
युभेन्टस
जेनिट सेन्टपिटर्सबर्ग
माल्मो एफएफ


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप