बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

काबुल विमानस्थल विस्फोटमा मारिनेमा अमेरिकी नागरिक पनि

बिहीबार, १० भदौ २०७८, २२ : १०
बिहीबार, १० भदौ २०७८

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार भएको विस्फोटमा अमेरिकी नागरिकले ज्यान गुमाएका छन् । पेन्टागनका प्रवक्ता जोन किर्बीले घटनामा अमेरिकी नागरिकले ज्यान गुमाएको पुष्टि गरेका हुन् ।

ट्वीटरमा यसबारे जानकारी दिँदै उनले लेखेका छन्, ‘एबी गेटमा भएको विस्फोट एक जटिल हमलाको नतिजा हो । जसमा कयौँ अमेरिकी र सर्वसाधारणले ज्यान गुमाएका छन् । एबी गेटभन्दा केही पर रहेको बैरन होटल वा त्यस निकट अर्को विस्फोट भएको पनि पुष्टि भएको छ ।’

बीबीसी संवाददाता जोनाथन बीलले एयरपोर्टबाहिर दुईवटा विस्फोट भएको र दोस्रो विस्फोटपछि गोली चलेको पनि सुनिएको थियो । घटनामा कम्तिमा ११ जनाको मृत्यु भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप