शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मुसलधारे वर्षाका कारण भेनेजुयलामा २० जनाको मृत्यु

बिहीबार, १० भदौ २०७८, २२ : ०६
बिहीबार, १० भदौ २०७८

मुसलधारे वर्षाका कारण भेनेजुयलामा कम्तीमा २० जनाको मृत्यु भएको छ ।  देशको पश्चिमी क्षेत्रमा वर्षापछि आएको बाढी र पहिरोमा परी उनीहरुको मृत्यु भएको स्थानीय अधिकारीले बिहीबार जानकारी दिएका छन् ।  
उनीहरुका अनुसार बाढी पहिरोका कारण अरु १७ जना अझै पनि बेपत्ता भएका छन् ।

 देशका नौ प्रदेशलाई सङ्कटग्रस्त क्षेत्रका रुपमा लिइएको छ । बाढी पहिरोका कारण त्यस क्षेत्रका ५४ हजारभन्दा बढी मानिस प्रभावित भएको गृहमन्त्री रेमीगियो सेबालोसले जानकारी दिए । राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै उनले भारी वर्षा आगामी १० दिन पनि कायमै रहने सम्भावना देखिएको बताए ।

उनले वर्षाको सम्भावना अझै बाँकी रहेकोले बाढी पहिरो अझै बढ्न सक्ने खतरा रहेको पनि उल्लेख गरे । थप बाढी पहिरोको खतरा रहेकाले सतर्कता अपनाउन सबै निकायलाई आग्रह गर्दै उनले उद्धार कार्यका लागि तयारी अवस्थामा रहन सरकारी अधिकारीलाई निर्देशन दिए ।

बाढी पहिरोका कारण यातायात सेवा प्रभावित हुनुका साथै विद्युत र सञ्चार सेवासमेत अवरुद्ध भएको छ ।  आम नागरिकको दैनिकी नै नराम्रोसँग प्रभावित भएको र धेरै मानिस त्रसित अवस्थामा रहेको अधिकारीले जानकारी दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप