आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

समाजवादी प्रेस नेपालको संयोजकमा श्रेष्ठ

बिहीबार, १० भदौ २०७८, १३ : ००
बिहीबार, १० भदौ २०७८

नेकपा (एकीकृत समाजवादी) सम्बद्ध पत्रकार सङ्गठनको नाम समाजवादी प्रेस नेपाल तय भएको छ । सङ्गठनका नेता विश्वमणि सुवेदीको अध्यक्षता आज सम्पन्न भेलाले सङ्गठनको तदर्थ समितिको संयोजकमा वरिष्ठ पत्रकार शम्भु श्रेष्ठलाई तोकेको छ । उनले तत्कालीन प्रेस चौतारीको तीन कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

उक्त समितिले दुई साताभित्र राष्ट्रिय भेला आयोजना गरी केन्द्रीय समितिलाई पूर्णता दिने छ । भेलामा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु राजेन्द्र पाण्डे, जीवनराम श्रेष्ठ, डा.विजय पौडेल, प्रेस चौतारीका पूर्वअध्यक्ष बालकृष्ण चापागाईँ, वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सहभागी रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप