शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

आम नागरिकप्रति उत्तरदायी भएर समाचार सम्प्रेषण गरौं : पोखरेल

बिहीबार, १० भदौ २०७८, २१ : ०५
बिहीबार, १० भदौ २०७८

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले पत्रकारहरुले आम नागरिकप्रति उत्तरदायी भएर समाचार सम्प्रेषण गर्नुपर्ने बताएका छन् । बिहीबार नेपाल पत्रकार महासंघ मकवानपुरको समन्वयमा भएको मिडियामा  समावेशीकरण र अभिव्यक्ति स्वतन्त्रता सम्बन्धि नीतिगत छलफल तथा उत्तरदायी पत्रकारिता अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले सो कुरा बताएका हुन् ।

पोखरेलले हाल नेपाली पत्रकारिता क्षेत्रमा भित्रिएको विकृतिका कारण पत्रकारहरुलाई नै समस्या पर्ने गरेकोले आम नागरिकप्रति उत्तरदायी भएर पत्रकारिता गर्नुपर्ने अवस्था आएको  बताए । पत्रकारिता नागरिकहरुको सबैभन्दा छिटो, सरल र विश्वासिलो सूचना प्राप्त गर्ने श्रोत भएकाले यसलाई थप जिम्मेवार बनाएर इमान्दारीपूर्वक समय र प्रविधि अनुसार विकास एवम् विस्तार गर्नुपर्ने उनले बताए । अध्यक्ष पोखरेलले राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रलाई जिम्मेवार र उत्तरदायी बनाउन सरकार, नागरिक समाज र सरोकारवालाहरुको पनि महत्वपूर्ण भूमिका रहने बताए । 

उनले समाज र व्यवस्था परिवर्तनको महत्वपूर्ण जिम्मेवारी बोकेको पत्रकारिता क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउने जिम्मेवारी पनि पत्रकार आफैले लिनुपर्ने र नागरिक समाज र सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए । राज्यले पत्रकारिता क्षेत्रलाई राजनीतिक प्रतिशोधको भावना राखेर  कुण्ठित पार्ने काम गर्न बन्द गर्नुपर्ने उनको भनाई थियो ।

अध्यक्ष पोखरेलले देश संघीयता गएपछि तीनै तहका सरकारले पत्रकारिता क्षेत्रलाई नियन्त्रण र कुण्ठित पार्ने नीति नियम निर्माण गर्न नहुने बताए । कार्यक्रममा मिडिया सञ्चालन र समाचारका विषयवस्तुबारे छलफल तथा उत्तरदायी पत्रकारिताका बारेमा छलफल भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप