
काबुल विमानस्थल बाहिर बिस्फोट, कम्तिमा ११ जनाको मृत्यु

अफगानिस्तानको काबुल विमानस्थल बाहिर विस्फोट तथा गोलीबारी भएको छ । तालिबान सम्बन्ध एक अधिकारीका अनुसार बिहीबार साँझ भएको विस्फोटमा कम्तिमा ११ जनाको मृत्यु भएको छ । मारिनेमा बालबालिका र महिला पनि रहेको ती अधिकारीको भनाइ छ । घटनामा तालिबान लडाकुसहित थुप्रै सर्वसाधारण पनि घाइते भएको ती अधिकारीलाई उल्लेख गर्दै बीबीसीले जनाएको छ ।
हालसम्म प्राप्त जानकारीमा विमानस्थलको गेटमा विस्फोट भएको थियो । त्यस क्षेत्रमा बेलायती सैनिक तैनाथ थिए । एक अमेरिकी अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग कुराकानी गर्दै उक्त विस्फोट आत्मघाती भएको बताएका छन् । काबुल विमानस्थलमा आतंकवादी हमलाको सूचना प्राप्त भएपछि तीनवटा गेटहरू बन्द गरिएका थिए । विस्फोट त्यही गेट मध्ये एकमा भएको हो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ