तुइन तर्ने क्रममा बेपत्ता धामीका परिवारलाई सरकारले १० लाख दिने
नेपाल सरकारले दार्चुलामा तुइन तर्ने क्रममा बेपत्ता भएका दार्चुला व्यास गाउँपालिकाका जयसिंह धामीको परिवारलाई आर्थिक सहायतास्वरूप रु १० लाख रकम उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । यसैगरी मन्त्रिपरिषद् बैठकले सार्स–कोभ–२ एमआरएनए र हैजा खोपको क्लिनिकल ट्रायल गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । सरकारले अति कम विकसित राष्ट्रसम्बन्धी उच्चस्तरीय एशिया प्रशान्त क्षेत्र पुनरावलोकन बैठकमा नेपालका तर्फबाट भर्चुअल रूपमा सहभागिता जनाउन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेललाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बैठकले नेपाल विद्युत् प्राधिकरण मैनहिया–सम्पत्तिया र बुर्तिवाङ पौदी–अमराई तम्घास सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइनको केन्द्र रेखाबाट दायाँ नौ मिटर बायाँ नौ मिटर गरी जम्मा १८ मिटरभित्र पर्ने निजी जग्गालगायत अन्य संरचनाको क्षतिपूर्ति निर्धारण गर्न गठित समितिमा अध्यक्ष र सदस्य तोक्ने निर्णय गरेको छ ।
सरकारले विश्व स्वास्थ्य सङ्गठन दक्षिणपूर्वी एशियाका लागि क्षेत्रीय निर्देशक पदमा नेपालका तर्फबाट कपिलवस्तु निवासी डा.शम्भुप्रसाद आचार्यको उम्मेदवारीका लागि मनोनयन गर्ने निर्णय गरेको उनले बताए ।
यसैगरी बैठकले राष्ट्रिय योजना आयोगको सदस्यमा पुष्परमण वाग्ले र शलोनी प्रधान सिंहलाई तथा नेपाल कानून आयोगको अध्यक्षमा पूर्वमुख्य न्यायाधीश जागेश्वर सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
-
अखिल क्रान्तिकारीमा पुरानो गुट भत्कियो, नयाँलाई स्थापित गराउन नेताहरूको दौडधुप
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’