आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

ललितपुरबाट ९ किलो बुद्धचित्तको दानासहित युवक पक्राउ

बिहीबार, १० भदौ २०७८, २० : १४
बिहीबार, १० भदौ २०७८

ललितपुरको सानेपाबाट प्रहरीले बुद्धचित्तको दानासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका घर भएका रोजबहादुर तामाङ छन् । तामाङले लिएर हिँडेको ९ किलो बुद्धचित्तको दाना बरामद गरिएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् ।

सानेपास्थित कालोपुलबाट ट्याक्सीमा टेकुतर्फ जाँदै गरेका २९ वर्षीय तामाङलाई महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको टोलीले पक्राउ गरेको हो । दाना कारोबारीसँग सम्बन्धति गाउँपालिकामा राजस्व बुझाएको रसिद र बन कार्यालयको ‘छुट पुर्जी’ थिएन ।

प्रहरीले उनलाई थप अनुसन्धान र कारवाहीका लागी जिल्ला वन कार्यालय ललितपुरमा पठाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप