बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रिमियम एसयूभी नयाँ ‘टाटा सफारी’ नेपाली बजारमा

बिहीबार, १० भदौ २०७८, १९ : ४५
बिहीबार, १० भदौ २०७८

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक वितरक सिप्रदी ट्रेडिङ्गले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ ‘टाटा सफारी’ सार्वजनिक गरेको छ । यस नयाँ टाटा सफारीको सुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ । ७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण भएको कम्पनीको दावी छ । 

यो सफारीको डिजाइन आकर्षक, बलियो र स्पोर्टी रहेको कम्पनीले जनाएको छ । ‘ट्रोपिकल मिस्ट’ रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतीहरुको सौन्दर्यबाट प्रभावित/प्रेरित रहेको कम्पनीले जनाएको छ ।  

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्सका शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको पनि सिप्रदीले जनाएको छ । निलो, सेतो र खरानी रंगमा पाइने यस एसयूभीको एक्सई देखि एक्सजेटए+ सम्म ९ वटा मोडलहरु उपलब्ध रहेको पनि सिप्रदीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप