शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा कोरोना : थप ५१ जनामा कोरोना सङ्क्रमण, एकको मृत्यु

बिहीबार, १० भदौ २०७८, १८ : ५९
बिहीबार, १० भदौ २०७८

कर्णाली प्रदेशमा बिहीबार थप ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ।  ९५ जनामा गरिएको आरटी–पीसिआर विधिबाट कोरोना परीक्षणका क्रममा ३२ जना र १६५ जनामा गरिएको एन्टिजेन विधिबाट कोरोना परीक्षणका क्रममा १७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो । 

बिहीबार सबैभन्दा धेरै जुम्लामा २१ जनामा कोरोना सङ्क्रमण देखिएको छ।  यस्तै कालिकोटमा १०, सुर्खेतमा ९, रुकुम पश्चिममा ६, मुगुमा २, हुम्लामा १ र अन्य १ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। 

स्वास्थ्य निर्देशक डा.रविन खड्काका अनुसार बिहीबार प्रदेशभरबाट ४७ जनाले कोरोना भाइरसको सङ्क्रमणलाई जितेर डिस्चार्ज भएका छन् । यस्तै प्रदेशमा ७४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । जुन अघिल्लो साताको भन्दा  केही कम हो ।

कर्णालीमा बिहीबार कोरोना भाइरसको सङ्क्रमणबाट थप सुर्खेतमा एक जनाले ज्यान गएको छ। कर्णालीमा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको कुल सङ्ख्या ३६६ पुगेको छ। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप