बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बैठकका ९ निर्णय सार्वजनिक (विज्ञप्तिसहित)

बिहीबार, १० भदौ २०७८, १८ : ४५
बिहीबार, १० भदौ २०७८

नेकपा एमालेले बिहीबार बसेको केन्द्रीय समिति बैठकका निर्णयहरु सार्वजनिक गरेको छ । सो पार्टीले विज्ञप्तिमार्फत बैठकका ९ बुँदे निर्णय सार्वजनिक गरेको हो । 

पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जारी गरेको विज्ञप्तिमा नयाँ पार्टीमा लाग्ने केन्द्रीय सदस्यहरुलाई निष्कासन गर्ने निर्णय गर्दै  पार्टीको अभिलेखबाट उनीहरुको नाम हटाउने निर्णय गरेको उल्लेख छ । 

उनले पार्टी परित्याग गरेकालाई निष्कासन गरेको जानकारी निर्वाचन आयोगलाई समेत दिने बताए ।  बैठकले यही भदौ ८ गते स्थायी कमिटी बैठकले गरेका निर्णयको अनुमोदनसमेत गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप