आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नायिका कर तिर्न गएको भिडियोको चर्चा !

बिहीबार, १० भदौ २०७८, १८ : ३४
बिहीबार, १० भदौ २०७८

कलाकारले कर तिरेको सुन्न बिरलै पाइन्छ । तर अभिनेत्री आँचल शर्मा काठमाडौंको लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागको कार्यालयमा कर बुझाउन पुगेकी छन् ।

एक कर्मचारीले उनी कर बुझाउन गएको भिडियो खिचेर समेत सामाजिक संजालमा हालेका छन् । जुन अहिले सामाजिक संजालमा चर्चाको बिषय बनेको छ ।

छोटो भिडियोमा आँचललाई कर्मचारीले कार्यालयको सेवा कस्तो लाग्यो भनेर सोधेका छन् । आँचलले आफूलार्ई सेवा राम्रो लागेको हाँस्दै जवाफ दिएकी छन् ।

भिडियो अर्थ मन्त्रालयका उपसचिव कर्ण तिमल्सिनाले सामाजिक संजाल मार्फत शेयर गरेका हुन् । भिडियोमा बिभिन्न टिकाटिप्पणी गरिएको छ ।

उक्त भिडियोमा गगन अविदित कमेन्ट गरेका छन् ‘राम्रो सेवा पाउन सेलिब्रिटी, पहुँचवाला नेता वा त्यहीँका कर्मचारी आफन्त हुनुपर्छ ।’ उनले नेपालका हर सरकारी कार्यालयमा साधारण जनतालाई सास्ती हुने बताएका छन् ।

त्यस्तै शशी भण्डारी नामक प्रयोगकर्ताले प्रश्न गरेकी छन् ‘तपाईंहरुले हाम्रो अड्डा कस्तो लाग्यो र काम कस्तो लाग्यो भनेर अरु सेवाग्राहीलाई पनि सोध्नुहुन्छ कि उहाँलाई मात्रै हो ?’

कतिपयले कोरोना महामारीमा आँचलले मास्क नलगाएको बिषयमा आलोचना गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप