शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

एक नेपालीको थाप्लोमा साढे ५७ हजार रुपैयाँ ऋण

बिहीबार, १० भदौ २०७८, २२ : ४१
बिहीबार, १० भदौ २०७८

मुलुकको सार्वजनिक ऋण बढेर वार्षिक बजेटको आकार भन्दा पनि ठूलो बन्न पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७७/७८ को अन्तसम्ममा यस्तो सार्वजनिक ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको हो । जबकि हालको मुलुकको बजेटको आकार जम्मा साढे १४ खर्ब बराबरको मात्र हो । 

बैङ्कका अनुसार पछिल्लो तीन वर्षमा मुलुकको सार्वजनिक ऋण झण्डै ६५ प्रतिशतले नै वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७५/७६ मा मुलुकको सार्वजनिक ऋण जम्मा १० खर्ब ४७ अर्ब ५८ करोड मात्र रहेकोमा त्यसको ठिक तीन वर्षपछि आर्थिक वर्ष २०७७/७८ मा ऋण बढेर १७ खर्ब २८ अर्ब २५ करोड पुगेको बैङ्कले जनाएको छ । जुन राष्ट्रिय आय (कुल गार्हस्थ्य उत्पादन) को अधिकतम ४०.५ प्रतिशत हो । 

जसमध्ये, २१.८ प्रतिशत अर्थात् ९ खर्ब २७ अर्ब ९३ करोड बाह्य अर्थात् वैदेशिक ऋण रहेको र बाँकी १८.८ प्रतिशत अर्थात् ८ खर्ब ३२ करोड आन्तरिक ऋण रहेको बैङ्कले जनाएको छ । 

एक नेपालीको थाप्लोमा साढे ५७​ हजार ऋण

सार्वजनिक ऋणको भार र कुल नेपालीहरूको सङ्ख्यालाई तुलना गरेर हेर्ने हो भने एक नेपालीको भागमा साढे ५७ हजार रुपैयाँ पर्ने देखिन्छ । कुल १७ खर्ब २८ अर्ब २५ करोडलाई तीन करोड नेपालीको सङ्ख्या मानेर भाग गर्दा एक नेपालीको भागमा ५७ हजार ६०८ रुपैयाँ पर्ने देखिन्छ । यद्यपि आधार जनसङ्ख्या भने तलमाथि हुन सक्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप