शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

कर्मचारीमा कोरोना सङ्क्रमणपुष्टि भएपछि मालपोत सेवा बन्द

बिहीबार, १० भदौ २०७८, १७ : ५९
बिहीबार, १० भदौ २०७८

स्याङजा मालपोत कार्यालयका कर्मचारीमा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कार्यालय बन्द गरिएको छ । कार्यालयमा रहेका १२ कर्मचारीमा एन्टिजिन परीक्षण गराउँदा पाँचमा कोभिड– १९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रविन अधिकारीले बताए  ।

कर्मचारीमा ज्वरो आउने, जिउ दुख्ने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएपछि स्थानीय प्राथमिक अस्पतालमा परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएकाले  जिल्ला प्रशासन कार्यालयको स्वीकृतिमा कार्यालय बन्द गरिएको उनको भनाइ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप