एक वर्षमा साढे ६९ प्रतिशतले बढ्यो पेट्रोलियम पदार्थको मूल्य
नेपाल राष्ट्र बैंकले गएको एक वर्षमा ६९.५ प्रतिशतले पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुँदा १.१ प्रतिशतले मात्र सुनको मूल्य वृद्धि भएको जनाएको छ । बिहीबार गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक रिर्पोट सार्वजनकि गरेको बैंकले एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य ६९.५ प्रतिशतले वृद्धि भएर प्रति ब्यारेल ७४.५३ अमेरिकी डलर पुगेको बताएको हो । यस्तो मूल्य अघिल्लो वर्ष प्रति ब्यारेल ४३.९६ अमेरिकी डलर रहेको बैंकले जनाएको छ ।
समिक्षा अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीब्र वृद्धि आइरहँदा यता सुनको मूल्यमा भने सामान्य वृद्धि मात्र भएको बैंकले जनाएको छ ।
वार्षिक रिर्पोट अनुसार २०७७ असार मसान्तमा अन्तर्राष्ट्रिय बजारमा प्रति आउन्स सुनको मूल्य १ हजार ८०४.६० अमेरिकी डलर रहेकोमा २०७८ असार मसान्तमा १.१ प्रतिशतले वृद्धि भई १ हजार ८२३.७५ अमेरिकी डलर मात्र पुगेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी