बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अफगानिस्तानबाट मानिसहरुलाई निकाल्ने कोसिस ३१ अगस्टपछि समाप्त हुँदैनः अमेरिका

बिहीबार, १० भदौ २०७८, १७ : २६
बिहीबार, १० भदौ २०७८

३१ अगस्टको समयसीमापश्चात् पनि अफगानिस्तानमा आफ्नो कूटनीतिक उपस्थिति स्थापित गर्नका लागि आफूहरुले विभिन्न विकल्पमाथि विचार गरिरहेको अमेरिकाले बताएको छ । 

अमेरिका र तालिबान दुबैले अमेरिकी सेना ३१ अगस्टपछि अफगानिस्तानबाट बाहिर निस्कने बताउँदै आएको छ । 

बुधबार एक पत्रकार सम्मेलनमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकेनले भने, ‘अबका केही दिनसम्म अफगानिस्तानमा काम गरिरहेका अमेरिकी नागरिक, अन्य अफगान सहयोगी र साझेदार देशका मानिसहरुलाई त्यहाँबाट बाहिर निकाल्ने र उनीहरुको सुरक्षामा ध्यान केन्द्रीत हुनेछ ।’

‘भलै तालिबानले हामीलाई मन पराउन् वा नपराउन् तर उनीहरुसँग काम गर्न महत्वपूर्ण छ किनभने अफगानिस्तानको ठूलो हिस्सामा उनीहरुको नियन्त्रण छ ताकि अफगानिस्तान छोड्न इच्छुक मानिसहरुलाई त्यहाँबाट निकाल्न सुनिश्चित गर्न सकियोस् । हामी यो अभियानको सुरुदेखि नै यसमाथि महत्व दिइरहेका छौं ।’

एन्टनी ब्लिंकेनका अनुसार अमेरिका पछिल्लो केही वर्षदेखि तालिबानसँग कूटनीतिक सम्पर्क स्थापित गरेको छ ताबि अफगानिस्तानको संघर्षलाई शान्तिपूर्ण समाधानतर्फ बढाउन सकियोस् ।

उनले भने, ‘अहिले पनि वार्ता जारी छ । तालिबान र अफगान सरकारले पूर्व सदस्यबीच यो सिलसिलामा सम्पर्क स्थापित गरेको छ । उदाहरणका लागि सत्ता हस्तान्तरण र सबैको उपस्थिति भएको सरकार गठनबारे कुराकानी भइरहेको छ । मलाई लाग्छ कि यी कोसिसलाई समर्थन दिनु हाम्रो हितमा नै छ । ’

अफगानिस्तानबाट मानिसहरुलाई निकाल्ने अभियानमा उनले भने, ‘३१ अगस्टपछि पनि जोखिममा रहेका मानिसहरुलाई देश छोड्ने अनुमति दिइनेछ ।’

उनले जोड दिँदै भने, ‘जो मानिस अफगानिस्तानबाट निस्कन चाहन्छन्, उनीहरुको मद्दत गर्न अमेरिकी प्रयास यो मितिमा समाप्त हुने छैन ।’

विदेशमन्त्रीले एक हजार वा सोभन्दा बढी अमेरिकी नागरिक अहिले पनि अफगानिस्तानमा हुनसक्ने र प्रशासनले उनीहरुबारे पत्ता लगाउनका लागि कडा मिहिनेत गरिरहेको जानकारी दिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप