राजीनामापछि शेरधन राईले भने– धेरै गर्न सकिनँ होला तर गलत गरेको छैन

प्रदेश १ को एमाले संसदीय दलको नेता तथा मुख्यमन्त्री पदबाट राजीनामा दिएका शेरधन राईले पार्टी एकताको पक्षमा आफूले त्याग गर्दै राजीनामा दिएको बताएका छन् । राजीनामापछि आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै उनले आफूले नेतृत्व गरेको दलमा पूर्ण बहुमत रहेकै अवस्थामा पार्टीको हितलाई केन्द्रमा राखेर राजीनामा दिएको प्रस्ट पारेका हुन् ।
पार्टी र पार्टी नेतृत्वको पूर्ण विश्वास साथ र समर्थन अनि आफूले नेतृत्व गरेको दलमा पूर्ण बहुमत रहँदा रहँदै पनि देशको विकसित राजनीतिक परिस्थिति, पार्टीभित्र देखा परेको विग्रह, टुटफुट अनि त्यसको प्रभाव र असरबाट प्रदेश नं १ मा नेकपा (एमाले) लाई क्षति पुग्न नदिन आफूले राजीनामा दिएको उनको भनाइ छ ।
उनले भनेका छन्, ‘सरकारको स्थायित्वलाई सुनिश्चित गर्न, देशकै ठुलो दल नेपालको कम्युनिष्ट आन्दोलनको मूलधारलाई कमजोर हुन नदिन, देश प्रदेशमा अराजकता र अस्थिरता पैदा नहोस्, पार्टी एकताको पक्ष मजबुत होस्, पार्टीभित्र उत्पन्न समस्याको ठोस समाधानका लागि लामो गन्थन मन्थनपछि कार्यान्वयनमा ल्याइएको १० बुँदलाई अक्षरशः पालना गर्न र गराउनका लागि एकमुष्ट तेजिलो गति पैदा हुन सकोस् भनेर त्यस मूल्यमा सेक्रिफाइस स्वरुप आजै मैले दलको नेता र पदबाट राजीनामा गरेको छु ।’
आफ्नै प्रस्तावमा दलको नेता र दोश्रो मुख्यमन्त्रीको रुपमा दलका सदस्य भीम आचार्य चयन भएको पनि उनले प्रस्ट पारेका छन् । ‘संघीयताको पहिलो अनुभव, अभ्यास र प्रयोगका सुरुवाती दिनहरू, वर्षहरू सजिला थिएनन् तर हामी दृढ संकल्प र अठोटसहित महत्वपूर्ण उपलब्धी र सफलताहरुका साथ अगाडि बढ्यौं,’ फेसबुकमा उनले लेखेका छन्, ‘मलाई गर्व छ, धेरै गर्न सकिनँ होला तर मैले गलत गरेको छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘पूर्वराजाले चैत १५ को घटनाको जिम्मेवारी लिनुपर्छ’
-
युवालाई लोकतन्त्रको महत्त्व बुझाउन एमालेले ‘युथ सेलिब्रेसन’ आयोजना गर्ने
-
प्रचण्डलाई एमालेको जवाफ : सरकार परिवर्तन कतैबाट सम्भव छैन
-
एमालेले भन्यो– ज्ञानेन्द्रले अझै गल्ती गर्न खोज्दैछन्
-
नेपालले ओमानलाई हराउँदा जे देखियो
-
७ जनालाई एमालेले ‘कम्युनिस्ट योद्धा’ का रूपमा सम्मान गर्ने